एजेन्सी । युक्रेनको पछिल्लो अवस्था र खाद्य आपूर्तिका विषयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोबीच भेटवार्ता भएको छ ।
बिहीबार उनीहरुबीच मस्कोमा भएको भेटवार्ताका क्रममा सो विषयमा कुराकानी भएको थियो । पछिल्लो समयमा विश्वमा नै खाद्यान्नको अभाव भएका समाचारहरु आइरहेका छन् ।
रुस र युक्रेनका बीचमा युद्ध सुरु भएपछि विश्वमा खाद्यान्न अभाव भएको बताइएको छ । खाद्यान्न आपूर्ति प्रणालीमा आएको असन्तुलनका कारण खाद्यान्न अभाव भएको बताइएको छ ।
साथै बिहीबारको उनीहरुको वार्ताका क्रममा कृषि मलको आपूर्तिका विषयमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ ।त्यसवार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले आगामी दिनमा रुसले छिमेकी देश तथा इन्डोनेसियाका लागि आवश्यक पर्ने कृषि मल उपलब्ध गराउने बताएको क्रेमलिनले जानकारी दिएको छ ।
उनले रुस र युक्रेनको पछिल्लो अवस्थाका बारेमा त्यस अवसरमा जनकारी गराएको बताइएको छ । उता अर्काे एक समाचारमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले भने रुससँग लड्नका लागि आवश्यक सहयोग उपलब्ध गराउन नेटो राष्ट्रहरुलाई आग्रह गरेका छन् ।
उहाँले नेटोको सम्मेलनलाई हालै सम्बोधन गर्दै युक्रेनका लागि प्रति महिना कम्तीमा पनि पाँच अर्ब अमेरिकी डलर सहयोग आवश्यक रहेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १७ असार २०७९, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसमा युक्रेनको ड्रोन आक्रमण
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका
अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु
युक्रेनको क्रुस्क क्षेत्रमा थप १२ गाउँ कब्जा गरेको रुसको दाबी
रुसको आक्रमणमा युक्रेनमा १२ जनाको मृत्यु
रुस र अमेरिकी कुटनीतिज्ञबिच इस्तानबुलमा भेटवार्ता