भरतपुर कारागारका कैदीलाई दही चिउरा वितरण

शुक्रबार, १८ जेठ २०७५, १२ : ५९
भरतपुर कारागारका कैदीलाई दही चिउरा वितरण

चितवन । १८ औ अन्तराष्ट्रिय तथा आठौ राष्ट्रिय दुध दिवसको अवसरमा भरतपुर कारागारका कैदीलाई दही वितरण गरिएको छ । “पालौ पशु कमाऔं धन , शुद्ध दुध स्वस्थ जीवन” भन्ने नाराका साथ चितवन लगाएत देशभर विभिन्न कार्यक्रम गरि मनाईदैछ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाले कारागारमा रहेका ६ सय कैदीहरुका लागि २ सय लिटर दही ,४५ केजी चिउरा तथा १० किलो चिनी वितरण गरेको हो । जिल्लामा रहेका विभिन्न दुग्ध कम्पनीहरुबाट दही संकलन गरि कैदीहरुलाई एक छाक दही चिउरा खाने व्यवस्था मिलाईएको हो । भिजन डेरी उद्योग बसेनी ,अनपुर्ण दुग्ध उत्पादक सहकारी संस्था ,दोभान दुग्ध उत्पादक सहकारी संस्था , नन्दिनी दुग्ध उत्पादक सहकारी संस्था ,त्रिवेणी दुग्ध उत्पादक सहकारी संस्था र कृष्ण गोपाल दुग्ध उत्पादक सहकारी संस्थाले दही उपलब्ध गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशिल राठौर मार्फत एक कार्यक्रमका बिच भरतपुर कारागारका जेलर कमलप्रसाद काफ्ले मार्फत दही चिउरा कैदीलाई वितरण गरिएको हो । कार्यक्रम चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष हरिहर सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

                                

 

 

 

 

प्रतिक्रिया दिनुहोस