काठमाडौं । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द शर्मासँग विधेयकलाई स्वीकार गर्न नसकिने बताएका हुन्। संसद्मा पेस गर्न लागिएको नागरिकतासम्बन्धी विधेयकबारे छलफल गर्न मन्त्रीद्वय असार ३ गते ओली निवास बालकोट पुगेका थिए।
भेटमा मन्त्रीद्वयले ओली सरकारकै पालामा २०७८ जेठ ९ गते ल्याइएको नागरिकता सम्बन्धी अध्यादेशलाई नै अहिले विधेयकका रूपमा संसद्मा ल्याउन लागिएको जानकारी गराएका थिए। उनीहरूले सहमतिमा सोही अध्यादेशलाई विधेयकका रूपमा अघि बढाउन प्रस्ताव राख्दा ओलीले पहिलेको र अहिलेको सन्दर्भ फरक भएको भन्दै समर्थन गर्न नसकिने बताएका थिए।
‘तपाईंको सरकारका पालामा ल्याइएको अध्यादेशलाई नै विधेयकका रूपमा संसद्मा पेस गर्न लागेका छौं, सहयोग चाहियो भनेका थियौं तर उहाँले अहिलेको सन्दर्भ र समय फरक भएकाले समर्थन गर्न नसकिने बताउनुभयो,’ गृहमन्त्री निकट स्रोतले भन्यो। ओलीले अहिलेको अवस्थामा राष्ट्रिय सहमति कायम गरेर मात्रै विधेयक ल्याउन आग्रह गरेका थिए।
उनले पुरानो सन्दर्भमा आएको अध्यादेशलाई कोट्याउन जरुरी नभएको भन्दै निर्वाचनका मुखमा नागरिकता विधेयक ल्याउन उचित नहुने धारणा राखेको स्रोतको दाबी छ। ओलीसँग छलफल गरेर बाहिर निस्केपछि गृहमन्त्री खाँणले नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयासस्वरूप प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष ओलीलाई भेटेको बताउँदै कुराकानी सकारात्मक भएको जनाएका थिए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १७ असार २०७९, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौंमा एमालेको प्रदर्शन (तस्वीरहरू)
एमालेले आज शक्ति प्रदर्शन गर्दै
भोलि दरबारमार्गमा एमालेको शक्ति प्रदर्शन
कम्बोडिया पुग्यो एमालेसहितको पाँच दलको टोली
एमालेले गर्ने सभाको स्थान परिवर्तन
एमालेलाई मीनबहादुरकाे जग्गा दानसम्बन्धी मुद्दा आज पनि हेर्न नभ्याइनेमा