काठमाडाैँ । बागमती प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व भौतिक तथा पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले बजेटका विषयमा सांसदको प्रश्नमा मन्त्रीहरुले चित्तबुझ्दो जवाफ नदिएको बताएका छन् । बुधबार बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश सरकारले ल्याएको बजेटका विषयमा छलफल गर्नका लागि सञ्चालन भइरहेको बैठकमा उनले त्यस्तो बताएका हुन् ।
काठमाडौंको राजनेता उद्यान, जर्सिङ पौवा लोकतान्त्रिक शहीद उद्यान र जम्मुघाङ जोरपाटी देशेगाउँ नेवा खुल्ला सङ्ग्राहलयका लागि प्रदेश सरकारले छुट्याएको बजेट चित्त बुझ्दो नभएको फुयाँलले बताएका हुन् ।
पूर्व मन्त्री फुयाँलले जनताले यो योजना पूरा हुन्छ कि हुँदैन भनेर सोधिरहेको उनले बताए । यसको चित्त बुझ्ने जवाफ भौतिक तथा पूर्वाधार मन्त्रीले नदिएको भन्दै फुयाँलले प्रदेश सभा बैठकमा आफनो भनाई राखेका हुन् । हाल बागमती प्रदेश सभा सञ्चालन भइरहेको छ । बजेटमाथि सांसदहरुले आफ्ना धारणा राखिरहेका छन् भने सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असार २०७९, १३ : ००
लेखकबाट थप