काठमाडौँ । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्ष र सरकारबीच आज आज भएको वार्ता बिना निष्कर्ष टुंगीएको छ । आन्दोलनरत पक्षले राजनीतिक नेतृत्वसँग मात्रै वार्ता गर्ने अडान लिएपछि आज भएको वार्ता बिना निष्कर्ष सकिएको हो ।सरकारले नो केबलकार पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सह सचिव प्रेम प्रसाद भट्टराईको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
यसअघि भएको वार्तामा भएका सहमति समेत कार्यान्वयन नभएकाले उच्च स्तरीय राजनीतिक नेतृत्वसँग मात्रै वार्ता गर्ने माग सम्बोधन नभएपछि वार्ता बिना निष्कर्ष सकिएको वार्ता सहजीकरण समितिले जनाएको छ ।
अघिल्लो आइतबार अबेर राति सम्म भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि सोमबार ११ बजेबाट वार्ता भएको थियो । सरकारले वार्ता टोली गठन गरेपछि नो केबलकार समूहले गर्दै आएको आन्दोलनका कार्यक्रम स्थगित भएको थियो ।
यसअघिको वार्तामा आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई बिनाशर्त छाड्ने सहमति गरेको थियो । तर सहमति विपरीत धरौटीमा तारिखमा छाडिएको आन्दोलनरत पक्षले जनाएको छ ।
पाथीभरा क्षेत्रमा केवल कार निर्माणको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्न संघीय सरकारले एक साता अघि गृह मन्त्रालयका सह सचिव प्रेम भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।
वार्ता टोलीले आन्दोलनरत पक्षलाई औपचारिक वार्ताका लागि आव्हान गरेसँगै आन्दोलनरत पक्षले पनि अमर तुम्याहाङको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु
पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने