काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार ओखलढुंगामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-९ बस्ने ३८ वर्षीय राज कुमार भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।
राज कुमारले ती किशोरीलाई गत पुस १७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैगरी प्युठानमा पनि १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौमुखी गाउँपालिका-५ खुङ सुन्दरमेला बस्ने २२ वर्षीय कुलमान थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
कुलमानले ती बालिकालाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पुजालिबासेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङमा बालिकामाथि जबरजस्ती करणी
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौँमा किशोरीमाथि जबरजस्ती करणी
दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
जबरजस्ती करणी मुद्दामा एक कर्मचारी पक्राउ
पाल्पामा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी