म्यान्मारमा आँधीका कारण पाँचको मृत्यु, १४ हजार घरटहरामा क्षति

विहीबार, १७ जेठ २०७५, १८ : १८
म्यान्मारमा आँधीका कारण पाँचको मृत्यु, १४ हजार घरटहरामा क्षति

म्यान्मार । म्यान्मारमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा बढी घरमा क्षति पुगेको छ । गत दुई दिनमा देशभरी आएको आँधीका कारण यो क्षति भएको स्थानीय सेभेन डे डेलीले बिहीबारको समाचारमा उल्लेख गरेको छ ।

मृत्यु भएका मध्ये मानाउङमा एक जनाको आँधीका कारण रुखबाट लडेर मृत्यु भएको हो भने अर्का दुई जनाको आँधीले विद्युतीय तार खसाल्दा जमिनमा चुहावट भएको विद्युतको झड्का लागि मृत्यु भएको हो ।

बङ्गाल खाडीबाट आएको तातो हावा सहितको आँधी क्यौक्फ्यु, मानाउङको बीचको भाग, रखाइन राज्यलगायत देशका विभिन्न ठाँउमा मंगलबार आएको अधिकारीहरूले बताएका छन् । मौसमविधका अनुसार हावाको गति प्रति घण्टा ४५ देखि ६० माइलका दरले आएको थियो ।

विषेशगरी याङगुन, नाय प्यी तावा, बागो, माग्वे, सागाइङ क्षेत्र, मोन, कायिन, शान र रखाइन राज्यमा तीव्रगतिको आँधीसँगै भारी बर्षा पनि भएर धनजनको क्षति भएको छ । घरबार बिहीन भएका पिडितहरूलाई अस्थायी टहरा बनाएर राखिएको छ भने राहत सामग्रीहरु पनि पु¥याइएको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस