एजेन्सी । श्रीलङ्कामा इन्धन वितरणमा टोकनको व्यवस्था गरिने भएको छ । इन्धनको सीमित स्टक मात्र उपलब्ध आइतबार श्रीलङ्काका विद्युत तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले देशभरका इन्धन भर्ने स्टेशनहरूले सोमबारदेखि उपभोक्ताहरूका लागि टोकन जारी गर्ने बताए ।
कोलम्बोमा पत्रकारहरुसँग कुरा गर्दै विजेसेकेराले श्रीलङ्काली सेना र प्रहरीको सहयोग खोजिएको र सीमित मात्रामा मात्र पेट्रोल र डिजेल भर्न सर्वसाधारणलाई टोकन नम्बर दिइने बताए ।
सर्वसाधारणलाई पाएक पर्ने पेट्रोल स्टेसनमा आफ्नो मोबाइल नम्बर दर्ता गर्न अनुरोध गरिएको छ । इन्धन उपलब्धताका आधारमा ग्राहकलाई ती स्टेसनबाट फोन गर्ने र सूचना दिइनेछ । यसको प्रहरी तथा सरकारी निकायले अनुगमन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १३ असार २०७९, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाँदरका कारण श्रीलङ्कामा देशभरमा काटियो बिजुली
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
श्रीलङ्काको नयाँ नेतृत्व मुद्राकोषको कर्जा सहयोग कार्यक्रम अघि बढाउन सहमत
श्रीलङ्कामा मतदानपछि सुरक्षा बढाइयो, देशभर कर्फ्यु
श्रीलङ्काको एक धार्मिक शोभायात्रामा हात्तीको आक्रमण, १३ जना घाइते
श्रीलङ्कामा खाद्यान्नको मूल्य वृद्धि