काठमाडौं। कोलम्बो–सङ्कटग्रस्त श्रीलङ्काको वार्षिक मुद्रास्फीति मेको ०.९ प्रतिशतको तुलनामा जुनमा करिब दोब्बर भई १.७ प्रतिशत पुगेको छ ।
श्रीलङ्काले आफ्ना ऋणदातासँग १० अर्ब अमेरिकी डलरको ऋणको पुनर्संरचना गर्न सम्झौता गरेको केही दिनपछि जनगणना तथा तथ्याङ्क विभागको यो तथ्याङ्क सार्वजनिक भएको हो ।खाद्यान्नमा अघिल्लो वर्षको जुनको तुलनामा १.४ प्रतिशतले मूल्य वृद्धि भएको विभागले जनाएको छ ।
सन् २०२२ मा श्रीलङ्काले आफ्नो विदेशी ऋण नतिरेपछि आर्थिक सङ्कट उत्कर्षमा पुगेको बेला मुद्रास्फिति बढेर करिब ७० प्रतिशत पुगेको थियो ।श्रीलङ्काको केन्द्रीय बैंकले सन् २०२४ का लागि समग्र मुद्रास्फीति ५.० प्रतिशतभन्दा तल राख्न सक्षम हुने आशा व्यक्त गरेको छ ।
देशमा यसै वर्ष राष्ट्रपतिको निर्वाचन हुन लागेको छ र विपक्षी दलहरूले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को बेलआउटका शर्तहरूमा पुनः छलफल गर्ने प्रतिबद्धता जनाएका छन् । यसले गर्दा कडा मितव्ययिताका उपायहरू अपनाइएका छन् ।
आईएमएफले प्रतिद्वन्द्वी राजनीतिक दलहरूको वैकल्पिक प्रस्तावहरू सुन्न इच्छुक रहेको बताएको छ, तर बेलआउटमा निर्धारित महत्वपूर्ण शर्तहरू पालना गर्नुपर्नेमा जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८१, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
श्रीलङ्काको नयाँ नेतृत्व मुद्राकोषको कर्जा सहयोग कार्यक्रम अघि बढाउन सहमत
श्रीलङ्कामा मतदानपछि सुरक्षा बढाइयो, देशभर कर्फ्यु
श्रीलङ्काको एक धार्मिक शोभायात्रामा हात्तीको आक्रमण, १३ जना घाइते
श्रीलङ्कामा हुरीका कारण ७ जनाको मृत्यु, ५०० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो
चीनले श्रीलङ्कालाई दिने सहयोग जारी राख्ने