श्रीलङ्काको एक धार्मिक शोभायात्रामा हात्तीको आक्रमण, १३ जना घाइते

सफल खबर संवाददाता

आइतबार, २३ असार २०८१, १४ : ४९
श्रीलङ्काको एक धार्मिक शोभायात्रामा हात्तीको आक्रमण, १३ जना घाइते

काठमाडौं। कोलम्बो– दक्षिणी श्रीलङ्कामा आयोजित एक धार्मिक शोभायात्राका क्रममा शनिबार राति हात्तीले आक्रमण गरेको छ । आक्रमणमा करिब १३ जना घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ । रुहुनु कटारागामा महादेवाला शोभायात्रा श्रीलङ्काको उवा प्रान्तको कटारागामामा आयोजित एक प्रमुख धार्मिक र सांस्कृतिक कार्यक्रम हो ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र कसैलाई पनि गम्भीर चोट नलागेको प्रहरीले जनाएको छ ।रङ्गीन लुगाले सजाइएको हात्तीहरू श्रीलङ्काको धार्मिक कार्यक्रमहरूमा प्रमुख आकर्षण र परम्परा हुन् । तर यस्ता कार्यक्रममा हात्तीको आक्रमणका घटनाहरु सामान्य हुन् ।

हात्तीलाई शान्त पार्न शोभायात्रामा चर्को आवाज नगर्न प्रहरीले आग्रह गरेको छ ।