काठमाडौं । पूवसञ्चारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निवेदन पेस गरेपछि त्यसविरुद्ध उजुरी पर्ने क्रम जारी छ । बुधबार स्वतन्त्र उम्मेदवार अभियानले आयोगमा उजुरी दिएलगत्तै स्वतन्त्र उम्मेदवार घोषणा गरेका तीनजनाले पनि रवि लामिछानेविरुद्ध आयोगमा उजुरी दिएका छन् ।
स्वतन्त्र उम्मेदवारको विमति राख्दै काभ्रेमा गोकुल बास्कोटासँग निर्वाचन लड्ने घोषणा गरेका मनोज पण्डित, विश्व साइकल यात्री पुष्कर शाह, राष्ट्रिय पोसाक अभियानका अभियन्ता राजकुमार बजगाईंले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई उजुरी दिएका हुन् ।
‘‘स्वतन्त्र’ शब्दको आफैंमा महत्व रहेको र दलीय भिडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा हामी स्वतन्त्र उम्मेदवारहरुलाई उत्पन्न असहज परिस्थितिको निर्माण हुनेछ,’ उजुरीमा भनिएको छ, ‘स्वतन्त्र’ शब्दको अर्थकै अपब्याख्या हुने अवस्था भएकाले उक्त दलको नामको विषयमा श्रीमानले गहन विश्लेषण गरी निर्णय लिन हुन अनुरोध गर्दछौं।’ लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण गर्ने घोषणा गर्दै दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असार २०७९, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो
सरकारी वकिलको बहस सकियो, सहकारी पीडितको तर्फबाट बहस चल्दै
चितवनमा रवि लामिछानेको थुनछेक बहस, ६ सय प्रहरी फिल्डमा खटियो
रविलाई आज फेरि अदालतमा उपस्थित गराइने
जिल्ला अदालतले रवि लामिछानेलाई प्रहरीको जिम्मा लगायो
रविको पक्षमा वरिष्ठ अधिवक्तासहित ६ जनाले बहस गर्ने