एजेन्सी । दक्षिण मेक्सिकोमा भएको बस दुर्घटनामा ४१ जनाको मृत्यु भएको छ । टाबास्को राज्यको सरकारले दिएको जानकारी अनुसार यो दुर्घटना शनिबार बिहान भएको हो ।
४८ जना सवार बस एक ट्रेलर ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा बसमा सवार ३८ जना यात्रुका साथै बसका दुई चालकको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ट्रक चालकको दुर्घटनामा निधन भएको छ ।
रोयटर्सको तस्बिरमा दुर्घटनापछि बस पूर्णरुपमा जलेको देखिएको छ । ठक्करपछि बसमा आगलागी भएको थियो । मृत्यु भएकाहरूको सनाखतको प्रयास भइरहेको स्थानीय अधिकारीहरूको भनाई छ ।
बस सञ्चालक टुरस् आकोस्टाले बस कानकुनबाट टाबास्को गइरहेको बताएको छ । उसले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै यसको कारण पत्ता लगाउन अधिकारीहरूसँग सहकार्य गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २७ माघ २०८१, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
महोत्तरीमा बस दुर्घटना, १५ जना घाइते
ट्रकले ठक्कर दिँदा मोटरसाइकको पछाडि बस्नेको मृत्यु, चालक घाइते
मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
सिन्धुलीमा गाडी दुर्घटना, ९ जना घाइते