काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडादर बढाएको छ । इन्धन महँगिएसँगै विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा ७.७ प्रतिशतसम्म भाडा बढाएको हो ।
विभागले जारी गरेको सूचनाअनुसार अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ भने पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असार २०७९, १३ : ०२
लेखकबाट थप