प्रधानमन्त्री मोदी पाँच दिने भ्रमणको लागि जकार्ता प्रस्थान

एजेन्सी

मंगलबार, १५ जेठ २०७५, २० : ४९
प्रधानमन्त्री मोदी पाँच दिने भ्रमणको लागि जकार्ता प्रस्थान

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इन्डोनेसिया, मलेसिया र सिङ्गापुरको पाँच दिने भ्रमणको क्रममा मङ्गलबार जकार्ताका लागि प्रस्थान गरेका छन् ।

उनले मे २९ बाट जुन २ सम्म पाँच दिनसम्म यी तीन देशको भ्रमण गर्न लागेको जनाइएको छ । आजबाट सुरु भएको यस भ्रमणको क्रममा मोदी सुरुमा इन्डोनेसिया पुग्नेछन् ।

इन्डोनेसियामा रहँदा उनले द्विपक्षीय हितका विविध विषयमा वार्ता गर्नुका साथै विविध विषयमा दुई देशका बीचमा सम्झौता पनि गर्ने बताइएको छ ।

इन्डोनेसियाको दुइदिने भ्रमणपछि उनी सिङ्गापुरमा एक दिन रहेछन् । त्यसैगरी अर्को छिमेकी देश मलेसियामा उनको दुई दिनको भ्रमण हुनलागेको पनि भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस