बुटवल । आठ क्वीन्टल चिनीसहित दुई जना रुपन्देहीबाट पक्राउ परेका छन्। गएराति करिब १० बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ भच्कैयाबाट उनीहरु पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय मिनबहादुर रास्कोटीलाई पक्राउ गरेको हो।
सालझण्डीबाट पाल्पातर्फ जाँदै गरेको लु ३ च ११३३ नम्बरको बलेरो पिकअपमा भन्सार राजश्व छलेर ल्याएको आठ क्वीन्टल चिनी फेला पारी बरामद गरिएको प्रहरी निरीक्षक मरासिनीले जानकारी दिए।
बरामद गरिएको उक्त चिनी रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर १ हात्तीबजारस्थित सुमन पन्तले सञ्चालन गरेको आरती किराना पसल तथा सावित्री ट्रेडर्सबाट ल्याएको बताएपछि आरती किराना पसलमा गई खानतलासी गर्दा भन्सार छली गरी लुकाई राखिएको अवस्थामा थप तीन क्वीन्टल चिनी बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक मरासिनीका अनुसार बरामद गरिएको एकलाख एकहजार दुईसय रुपियाँ बराबरको जम्मा ११ क्वीन्टल चिनी भन्सार चलान गरी किराना पसलका सञ्चालक पन्त र गाडी चालकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ जेठ २०७९, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्टट्रेडिङ
१० टन चिनीसहितको ट्रक प्रहरी नियन्त्रणमा
चाडबाडलाई भारतबाट १९ हजार टन चिनी ल्याउन प्रस्ताव आह्वान
चिनी उद्योगीहरूको सिन्डिकेट नियन्त्रणको माग गर्दै उद्योग मन्त्रीलाई ज्ञापनपत्र