स्थानीय सरकारमा जनताको नियन्त्रण र हस्तक्षेप सुनिश्चित गर्नुपर्छ : प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, २८ जेठ २०७९, १६ : ३४
स्थानीय सरकारमा जनताको नियन्त्रण र हस्तक्षेप सुनिश्चित गर्नुपर्छ : प्रचण्ड

पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको परिणामलाई हार–जीतको रूपमा नलिन आग्रह गरेका छन।माओवादी केन्द्रबाट नवनिर्वाचित गण्डकी प्रदेशका जनप्रतिनिधिहरूको प्रशिक्षणलाई शनिबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताए ।

अध्यक्ष दाहालले अघिल्लो स्थानीय तहका निर्वाचितलाई आफ्नो तरिकाले चल्न दिइए पनि अब भने पार्टीको नीति, सिद्धान्त र जनअपेक्षाअनुरुप चल्नुपर्ने बताए ।जनयुद्धबाट हासिल उपलब्धि समाप्त पार्ने षड्यन्त्र बरोबर भइरहेको उल्लेख गर्दै संघीयता, गणतन्त्र र नेपालको संविधान रक्षाका लागि सधैं सचेत हुनुपर्ने उनको भनाइ थियो ।

विगतमा केपी ओलीले संसद नै विघटन गरेर उपलब्धि समाप्त पार्न खोेजेको आरोप लगाउँदै उनले अहिलेको चुनावसहित आगामी चुनावमा समेत गठबन्धन गरेरै अघि बढ्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

प्रशिक्षणमा माओवादी नेता नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, देव गुरुङ लगायतले प्रशिक्षण दिनेछन् ।गण्डकी प्रदेश सरकारले स्थानीय तह चुनावमा प्रदेशका ८५ पालिकाका प्रमुख उपप्रमुखहरूको लागि शुक्रबारदेखि आयोजना गरेको प्रशिक्षण अवसरमा माओवादीले आफ्ना पार्टीका जनप्रतिनिधिलाई पनि प्रशिक्षण दिएको हो ।

प्रतिक्रिया दिनुहोस