एजेन्सी । मुस्लिम धर्मावलम्बीको भावनामा ठेस पुग्ने गरी पैगम्बर मोहम्मदको आलोचना गर्दै भारतीय जनता पार्टी (भाजपा) नेत्री नूपुर शर्माले दिएको विवादित बयानले हिंसा भड्किएको छ ।
मुस्लिम समुदायले विवादित बयानविरुद्ध देशभर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको छ । राँचीमा भएको हिंसात्मक प्रदर्शनमा गम्भीर घाइते भएका २ जनाको राजेन्द्र आयुर्विज्ञान संस्थान ९रिम्स० मा उपचारका क्रममा मृत्यु भएको छ भने ८ जना घाइतेको उपचार जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
राँचीमा प्रदर्शन उग्र भएपछि भीडलाई तितरवितर गर्न प्रहरीले लाठीचार्ज गरेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरी जवान समेत घाइते भएका जनाइएको छ । प्रदर्शन बढ्दै गएपछि प्रशासनले शहरभरि कर्फ्यू आदेश जारी गरेको छ । हिंसाग्रस्त क्षेत्रमा कतिपय व्यक्तिले हनुमान चालिसा पाठ गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २८ जेठ २०७९, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यार्थीको मृत्युपछि चिनियाँ सहरमा भड्कियो हिंसा
बंगलादेशमा हिन्दूहरूमाथि भैरहेको आक्रमण अन्त्य गर्न राप्रपा नेपालको माग
बेलायतमा पनि बढ्यो हिंसा, ४०० जना गिरफ्तार
बंगलादेशमा अन्तरिम सरकार बनाउने सेना प्रमुखको घोषणा
बंगलादेशमा फेरि भड्कियो हिंसा
बङ्गलादेशमा विद्यार्थी प्रदर्शनका क्रममा फेरि भड्कियो हिंसा