एजेन्सी । बेलायतमा गत साता सुरु भएको हिंसात्मक प्रदर्शनमा अहिलेसम्म झण्डै ४०० जना पक्राउ परेका छन्।
बीबीसीका अनुसार राष्ट्रिय प्रहरी प्रमुख काउन्सिलले यस्ता गिरफ्तारी दिनानुदिन बढ्न सक्ने बताएको छ।
यसअघि प्रधानमन्त्री केयर स्टारमरले स्थिति नियन्त्रणमा लिन विशेषज्ञ प्रहरी अधिकारीहरूको टोली तैनाथ गरिएको बताएका थिए।
प्लाइमाउथमा प्रहरीले हिंसात्मक प्रदर्शनका क्रममा धेरै प्रहरी अधिकारी घाइते भएको बताएको छ।
बेलायतको साउथपोर्टमा चर्चित गायिका टेलर स्विफ्टको थिममा गरिएको डान्स पार्टीमा छुरा प्रहारबाट तीन बालिकाको मृत्यु भएपछि त्यहाँ हिंसा भड्किएको हो।
हिंसात्मक प्रदर्शनमा कैयौँ प्रहरी घाइते भएका छन्।यस प्रदर्शनका क्रममा धेरै ठाउँमा अति दक्षिणपन्थी, आप्रवासी विरोधी र आप्रवासी समर्थक समूह आमनेसामने भएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २२ साउन २०८१, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यार्थीको मृत्युपछि चिनियाँ सहरमा भड्कियो हिंसा
बंगलादेशमा हिन्दूहरूमाथि भैरहेको आक्रमण अन्त्य गर्न राप्रपा नेपालको माग
बंगलादेशमा अन्तरिम सरकार बनाउने सेना प्रमुखको घोषणा
बंगलादेशमा फेरि भड्कियो हिंसा
बङ्गलादेशमा विद्यार्थी प्रदर्शनका क्रममा फेरि भड्कियो हिंसा