काठमाडौँ । बंगलादेशमा विद्यार्थी र प्रहरीबीच फेरि हिंसा सुरु भएको छ । सरकारी जागिरमा आरक्षणको व्यवस्था हटाउनुपर्ने मागसहित विद्यार्थीहरूले प्रदर्शन गर्दा २०० भन्दा बढीको मृत्यु भइसकेको छ ।
पाकिस्तानविरुद्ध स्वतन्त्रताको लडाइँ लडेकाका परिवारलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षणको व्यवस्थालाई सर्वोच्च अदालतले खारेज गरी ५ प्रतिशतमा सीमित गरिदिएपछि हिंसा केही मत्थर भएको थियो ।
विद्यार्थीहरू आन्दोलनको क्रममा घाइते र मृत्यु भएकाका परिवारलाई भेट्नमा व्यस्त थिए । त्यही क्रममा राजधानी ढाकासहितका सहरहरूमा फेरि हिंसा सुरु भएको हो । उत्तरपूर्वी नगर सिलहटका एक अधिकारीलाई बीबीसीले उद्धृत गर्दै लेखेअनुसार प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।
विद्यार्थीहरूले ‘मार्च फर जस्टिस’ नामबाट प्रदर्शन जारी राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ साउन २०८१, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अराजकताले सीमा नाघ्यो, देशको सार्वभौमसत्ता र स्वतन्त्र खतरामा छ : बंगलादेश सेना
भारतले बंगलादेशमा पठायो १६ हजार टन चामल
खालिदा जियालाई उपचारका लागि विशेष एयर एम्बुलेन्समा लण्डन लगियो
बंगलादेशमा एक वर्षभित्र निर्वाचन हुने
हसिनालाई फिर्ता पठाउन बंगलादेशले भारतलाई आग्रह गर्ने
नेपालबाट बंगलादेशमा बिजुली निर्यात सुरू