जनता भोकै मर्नुपर्ने स्थिति सरकारले ल्यायो : महेश बस्नेत

सफल खबर संवाददाता

शुक्रबार, २७ जेठ २०७९, १५ : १६
जनता भोकै मर्नुपर्ने स्थिति सरकारले ल्यायो : महेश बस्नेत

काठमाडौं । प्रतिनिधि सभा सदस्य महेश बस्नेतले सरकारले पेट्रोलियम पद्धार्थमा मूल्यवृद्धि गरेर व्यवसायीले तालाबन्दी गर्नुपर्ने र जनता भोकै मर्नुपर्ने स्थिति ल्याएको बताएका छन ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य महेश बस्नेतले पेट्रोलियम पद्धार्थमा मूल्यवृद्धि गरेर व्यवसायीले तालाबन्दी गर्नुपर्ने र जनता भोकै मर्नुपर्ने स्थिति ल्याएको बताए ।

निर्माण क्षेत्रमा २५ प्रतिशतले महंगी बढेकाले निर्माणको काम अलपत्र भएको उनले बताए । आगामी आर्थिक वर्षको बजेट सिमित नेता, मन्त्री र प्रधानमन्त्रीको घरमा मात्रै गएको उहाँले टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस