महेश बस्नेत विरुद्धको मुद्दा उच्च अदालतले गर्यो खारेज

सफल खबर संवाददाता

बुधबार, २६ भदौ २०८१, १९ : ०६
महेश बस्नेत विरुद्धको मुद्दा उच्च अदालतले गर्यो खारेज

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत विरूद्धको मुद्दा उच्च अदालत पाटनले खारेज गर्ने फैसला सुनाएको छ । जानुका पाठक शोभाले २०८१ वैशाख २० गते दर्ता गरेको रिट वुधबार  उच्च अदाललते  खारेज गरेको हो ।

न्यायाधीशद्धय ऋषिराज भण्डारी र खडानन्द तिवारीको इजलासले बस्नेत विरुद्धको मुद्दा  दावी नपुग्ने भन्दै खारेज हुने फैसला सुनाएको हो ।

यो सगै बस्नेतले बलत्कारको मुद्दामा सफाइ पाएका छन् । यसअघि जिल्ला अदालत काठमाडौले पनि खारेज हुने फैसला सुनाएको थियो ।  पीडित भनिएकी एक महिलाले बस्नेतवाट आफू पटक पटक पीडित भएको दावी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस