काठमाडौं । नबिल बैंकले काठमाडौं महानगरभित्र रहेका १८ वटा शाखा कार्यालयको शौचालय सार्वजनिक रुपमा सञ्चालनमा ल्याएको छ । बुधबार काठमाडौं महानगर र नबिल बैंकबीच बैंकको शौचालय सञ्चालनमा ल्याउने सहमति भएको हो।
काठमाडौं महानगरका मेयर बालेन शाहको आह्वानलाई स्वीकार गर्दै बैंकले आफैँँले शौचालयको मर्मत सम्भार सरसफाइ, पानीको प्रबन्ध र निकासको व्यवस्था गर्ने भएकाे छ ।
अब केन्द्रीय कार्यालय दरबार मार्ग तीनधारा, जोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, क्षेत्रपाटी मार्ग, चावहिल, मैतीदेवी कम्प्लेक्स, कुलेश्वर, कान्तिपथ, रोयल कम्प्लेक्स बसुन्धारा चौकी, अनामनगर, सिनामंगल, कलंकी भटभटेनी, धुम्बाराही, धर्मपथ न्युरोड, कालीमाटी र शंखमूलस्थित बैंक शाखामा रहेका शौचालय सर्वसाधारणले नि:शुल्क प्रयोग गर्न पाउनेछन्।
मेयर शाहको आह्वानलाई स्वीकार गर्दै देशका विभिन्न स्थानमा विभिन्न कम्पनी तथा संस्थाहरुले शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न दिने घोषणा गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ जेठ २०७९, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिलाहरूको सशक्तीकरण र क्षमता अभिवृद्धिका लागि नबिल बैंकले गर्यो मार्च महिनामा ७ कार्यक्रम
नबिल बैंकबाट सीईओ ज्ञानेन्द्र ढुंगानाले दिए राजीनामा
नबिल बैंकको कल सेन्टरमा अब नि:शुल्क सम्पर्क गर्न सक्ने
नबिल बैंक आठौंपटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
२५ जिल्लामा ९२ स्थानको घरजग्गा लिलामी गर्दै नबिल बैंक
नबिल बैंकका दुई म्युचुअल फन्डको लाभांश घोषणा