कोरियाली नेताहरुको सरप्राइज भेट

शनिबार, १२ जेठ २०७५, २० : ५८
कोरियाली नेताहरुको सरप्राइज भेट

प्योङयाङ । उत्तर कोरिया र दक्षिण कोरियाका शीर्ष नेताहरुबीच गैरसैन्यकरण गरिएको सीमा क्षेत्रमा पुनः भेटवार्ता भएको छ ।

दक्षिण कोरियाका मोन जे इन र उत्तर कोरियाका किम जोङ–उनबीच भएको यो दोस्रो भेट हो ।

अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक वार्ताको लागि पहल गरिरहेको बेला दुई नेताबीच यो भेट भएको हो ।

गत बिहिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतासँग आगामी जुन १२ हुने भनिएको भेट रद्द गरेका थिए । तर, पछि उनले यो भेटघाटको अझ सम्भावना रहेको पनि बताएका थिए ।

दुई नेताबीच पछिल्लो भेटघाट स्थानीय समय अनुसार ३ बजेदेखि ५ बजेसम्म भएको मुनको कार्यालयले जानकारी दिएको छ ।

दुई नेताबीच उत्तर कोरिया र अमेरिकाबीच हुने वार्तालाई सफल बनाउन विकल्पहरुबारे छलफल भएको कार्यालयले जानकारी दिँदै मुनले यसबारे आइतबार बिहान जानकारी दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस