एजेन्सी । म्यानमारको सैनिक सरकारप्रति वफादार बन्दै यहाँको एक अदालतले आङ सान सुकीको पार्टी ‘नेशनल लिग फर डिमोक्रेसी पार्टी (एनएलडिपी)’ का पूर्व सदस्य र एक प्रतिष्ठित प्रजातन्त्रवादी अधिकारकर्मीलाई मृत्युदण्ड दिने सरकारी निर्णयलाई सदर गरेको छ ।
उनीहरू दुवैलाई आतंकवादलाई प्रश्रय गरेको भन्दै दोषी ठहर गरिएको हो । सन् १९९० देखि देशमा अदालतले मृत्युदण्डलाई सदर गरेको यो पहिलो घटना भएको आङ साङ सरकारी प्रवक्ताले एएफपीलाई शुक्रबार जानकारी गराए ।
प्रवक्ता जाउ मिन तुनले एएफपीसँग भने, “पूर्व सांसद फियो जेया थाउ र प्रजातन्त्रवादी अधिकारकर्मी को जिम्मीसहित चार जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो । उहाँहरूलाई जेलको प्रक्रिया अनुसार फाँसी दिइनेछ ।”
सैनिक सरकार, जुन्ताले गत वर्ष सत्ता कब्जा गरेपछि भएका झडप तथा दमनका क्रममा दर्जनौं ‘सैनिक विद्रोह’ विरोधी कार्यकर्ताहरूलाई मृत्युदण्डको सजाय सुनाएको हो । म्यानमारले सन् १९९० पछि अदालती प्रक्रियाबाट मृत्युदण्डलाइ सदर गरेको थिएन ।
गत नोभेम्बरमा गिरफ्तार भएका आङ सान सुचीको नेशनल लिग फर डेमोक्रेसीका सदस्य फियो जेया थाउलाई आतंकवाद विरोधी कानून अन्तर्गत अपराधका लागि जनवरीमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।
‘जिम्मी’ भनेर चिनिने प्रजातन्त्रवादी प्रसिद्ध अभियन्ता क्यो मिन युले पनि अर्थसैन्य न्यायिक निकायबाट सोही कसुरमा सजाय तोकिएको हो ।जुन्ता प्रवक्ता जाउ मिन तुनले भने, “उनीहरूलाई सजायमाथि पुनः अवलोकनका लागि निवेदन गर्ने र पठाउने कानुनी प्रक्रियालाई निरन्तरता दिएको तर अदालतले उनीहरूको मागलाई अस्वीकृत गरेको छ ।”
मृत्युदण्डको कुनै मिति नतोकिएको प्रवक्ता तुनले बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २० जेठ २०७९, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
बाढी र पहिरोका कारण म्यानमारमा २०० भन्दा धेरैको मृत्यु