काठमाडौं । खास गरी कक्षा ११ र १२ पढ्ने विद्यार्थी विद्यालयको पोसाकमै पोखरी घुम्न आउन थालेको गुनासो आएपछि समाजले विद्यालय पोसाकमा पोखरीमा नआउन आग्रह गरेको हो ।
आग्रह गर्दा पनि अटेर गरेपछि समाजले विद्यार्थीलाई पोखरी प्रवेशमै रोक लगाइएको जानकारी दिँदै समाजका अध्यक्ष कार्कीले भने– ‘स्थानीयको गुनासो र पोखरीभित्र अशोभनीय क्रियाकलाप हुन थालेपछि कक्षा बङ्क गरी पोखरी प्रवेश गर्न आउने विद्यार्थीलाई पोखरी प्रवेशमा रोक लगाइएको हो ।’
त्यसै गरी पोखरीमा लामो समयसम्म बस्नेमाथि पनि निगरानी बढाइको छ । अध्यक्ष कार्कीका अनुसार पोखरी परिसरमा अनुचित गतिविधि बढ्न नदिन प्रहरीको सहयोगमा २४ सै घण्टा सुरक्षाको प्रबन्ध मिलाइएको छ । पोखरीलाई थप व्यवस्थित गर्न नयाँ योजना ल्याउन लागिएको जानकारी दिँदै उनले भने– ‘पोखरीलाई सुन्दर बनाउन सबैको भूमिका महत्वपूर्ण ठानेका छौं ।’ नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २० जेठ २०७९, ०७ : २२
लेखकबाट थप