काठमाडौ। खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी बितरण बन्द गरिएको बताएका छन् । खानेपानी मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौंतर्फ पथान्तरण गर्ने काम बन्द गरे पनि सरकारले बैकल्पिक स्रोतको व्यवस्था गरी थप १७ करोड लिटर पानी आपूर्ति गरिने बताए ।
‘यस वर्षको मनसुन भारतको केरलामा प्रवेश गरिसकेको र जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेअनुसार केहि दिन भित्रै नेपाल प्रवेश गर्ने अवस्था देखिन्छ । अर्बौंको लगानीमा निर्माण भएको आयोजनाको संरचनालाई सुरक्षित गर्न आवश्यक भएकाले डाईभर्सन स्थलमा जडित अर्ली वार्निङ सिस्टम र विज्ञको सुझावको आधारमा मेलम्चीको पानी हाललाई बन्द गरिएको छ’, मन्त्री चौधरीले भने ।
उनले मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी वितरण गरिएकोमा त्यो बन्द भएपछि बिकल्पको रुपमा बागमति नदीबाट दैनिक ६ करोड लिटर पानी थप गरिने र नपुग ७ करोड लिटर पानी भूमिगत स्रोतबाट पूर्ति गरिने बताए ।
वर्षायाम समाप्त हुने वित्तिकै मेलम्चीको पानी पुनः पथान्तरण गरी काठमाडौंमा वितरण गरिने भन्दै मन्त्री चौधरीले आयोजनाको सुरक्षाको लागि सुरुङको ढोका बन्द गर्दा आमउपभोक्तामा पर्न गएको असुविधाप्रति क्षमा याचना गरे ।
उनले भने, ‘मेलम्चीको पानी पुन पथान्तरण गर्नको लागि दीर्घकालिन रुपमा हेडवक्र्सको मर्मत गरी दिगो रुपमा पानी आपूर्ति गर्न एसियाली विकास बैंकको सहयोगमा तयार भएको अध्ययन प्रतिवेदनको आधारमा वर्षायाम सकिने वित्तिकै कार्यान्वयन गरिने छ ।’
काठमाडौंको पानीको समस्यालाई दीगो रुपमा समाधान गर्न सरकारले याङ्ग्री, लार्के, सिस्नेरी, ठोस्ने खोला, महादेव खोला लगायतका सम्भाव्य सबै स्रोतबाट पानी उपलब्ध गराउन कार्यक्रमहरु क्रमश कार्यान्वयन गर्दै लाने मन्त्री चौधरीले बताए । आयोजनाले मंगलबार आयोजनाको सुरुङ डाइभर्सनको १ नम्वर ढोका बन्द गरेको थियो भने बुधबार १८ नम्वर ढोका बन्द गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ जेठ २०७९, १९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ : मन्त्री चौधरी
किशोरीहरूका लागि लगानी र नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी
कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन : मन्त्री चौधरी
महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छ: मन्त्री चौधरी
गृहमन्त्री लामिछानेको सहकारी प्रकरण सत्ता समिकरणसँग जोडिएर आयो : मन्त्री चौधरी
रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छु : मन्त्री चौधरी