काठमाडाैं । प्रतिनिधिसभाले दोस्रो संविधानसभा सदस्य डा. डिम्पलकुमारी झाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सभामुख अग्निप्रसाद सापकोटाको प्रस्तावमा शोक प्रस्ताव बहुमतले पारित गरेको हो । साथै बैठकले झाको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट पनि गरेको छ । बैठकमा उनकाे निधनप्रति माैन धारण पनि गरिएकाे थियाे ।
क्यान्सर रोगबाट पीडित झाको ४४ वर्षको उमेरमा उपचारका क्रममा १० वैशाख २०७९ मा निधन भएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक १८ जेठ बुधबार बिहान ११ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ जेठ २०७९, १७ : ३४
लेखकबाट थप