विराटनगर । विवरण नदेखाई राजश्व ठगी गरेको भन्दै आन्तरिक राजश्व कार्यालय विराटनगरले तीन दर्जन व्यापारिक फर्मको बैंक खाता रोक्का गरेको छ । कार्यालयका अनुसार विवरण लुकाइ राजश्व ठगी गर्ने फर्म त्यसका प्रमुख तथा सञ्चालकहरुको समेत बैक खाता रोक्का गरेको हो ।
आन्तरिक राजश्व कार्यालयमा दर्ता भए पनि व्यापारिक कारोबारको विवरण नबुझाइ राजश्व ठगी गर्ने व्यापारिक फर्मको संख्या ८ हजार २ सय ५ छ । यसमध्ये पहिलो चरणमा तीन दर्जनभन्दा बढी फर्मको बैंक खाता रोक्का गरिएको कार्यालयले जनाएको छ । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १२ जेठ २०७५, ०७ : २२
लेखकबाट थप