काठमाडौं । काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको मतपरिणाम सकारात्मक भएको जनाएको छ ।
कांग्रेस उपसभापति धनराज गुरुङले पार्टीले कम्तीमा ५१ प्रतिशतभन्दा बढी पालिका जित्ने लक्ष्य राखेपछि अहिलेको नतिजा पनि सकारात्मक भएको बताउँछन् ।
टिकट वितरण तथा तालमेल गर्दा भएको प्राविधिक त्रुटिका कारण अपेक्षाअनुसार परिणाम आउन नसकेको उनले बताए । यद्यपि आएको मतपरिणामबाट सत्तारूढ गठबन्धन उत्साहित नै भएको टिप्पणी गुरुङको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले २ सय ६६ प्रमुख-अध्यक्ष र २ सय २३ उपप्रमुख-उपाध्यक्षमा विजयी भएको थियो । २०७९ को स्थानीय तह निर्वाचनबाट कांग्रेसले ३ सय २७ प्रमुख-अध्यक्ष विजयी भएको छ भने एकमा अग्रता लिएको छ । यस्तै ३ सय १ उपप्रमुख÷उपाध्यक्ष विजयी भएको कांग्रेसले एकमा अग्रता लिएको छ ।राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १३ जेठ २०७९, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा