फास्ट ट्रयाक समयमै सक्ने गरी काम अघि बढाइने

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, १७ : १४
फास्ट ट्रयाक समयमै सक्ने गरी काम अघि बढाइने

काठमाडौं  । सरकारले तराई मधेश–काठमाडौं फास्ट ट्रयाक समयमै सक्ने गरी काम अघि बढाउने भएको छ । 

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समयमै फास्ट ट्रयाकको काम सक्नेगरी कार्य अघि बढाइने जानकारी दिइन् । 

२०८१ सालभित्र फास्ट ट्रयाक सक्ने सरकारले लक्ष्य लिएको छ । जिल्ला सदरमुकाम जोड्ने सडकलाई चारलाइनमा विस्तार गरिने उनले बताइन् । काठमाडौंका सम्भाव्य स्थानमा फ्लाइओभर निर्माण गरिने सरकारको आगामी नीति तथा कार्यक्रममा समेटिएको छ । 
 

प्रतिक्रिया दिनुहोस