काठमाडौं । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरपालिकामा खसेको मतमध्ये ८०.२४ प्रतिशत गणना भइसकेको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा १ लाख ९१ हजार ५१ मत खसेको थियो ।
खसेको मतमध्ये हालसम्म १ लाख ५३ हजार ३०० मतगणना गरिसकिएको छ । यो भनेको खसेको कूल मतको ८०.२४ प्रतिशत हो । अब ३७ हजार ७५१ मतगणना गर्न बाँकी रहेको छ ।
आयोगका अनुसार हालसम्म भएको मतगणना अनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार ७५० मत प्राप्त गर्दै सुरुदेखिको अग्रता कायम राखेका छन् । यो भनेको मतगणना भएकोमध्ये ३३ प्रतिशत मत हो ।
काठमाडौं महानगरपालिकामा दोस्रो ठूलो मत नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले पाएकी छन् । उनले हालसम्म ३१ हजार ७३१ मत प्राप्त गरेकी छन् । उनले गणना भएकोमध्ये २१ प्रतिशत मत प्राप्त गरेकी छन् ।
नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ४४ मत प्राप्त गरेका छन् । मतगणना भएकोमध्ये २० मत स्थापितले पाएका छन् । काठमाडौं महानगरको प्रमुखमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायामीले ८ हजार ९८२ मत प्राप्त गरेका छन् । उनले गणना भएकोमध्ये ६ प्रतिशत मत पाएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० जेठ २०७९, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र
काठमाडौं महानगरले आवासीय क्षेत्रका कवाडी व्यवसाय दर्ता/नवीकरण नगर्ने
काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने
काठमाडौँ महानगरले माग्यो १०८ जना जनशक्ति
पलेशालाई काठमाडौं महानगरसम्मानको ५ लाखसहित सम्मान
उपमेयर सुनिताले गरिन् बालेनको कार्यशैलीको आलोचना