पोखरा । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा एमालेकातर्फबाट प्रतिनिधि बस्न नमानेपछि मतगणना स्थगित भएको छ ।
मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतले अहिले मतगणना रोकिएको जानकारी दिएको छ । पोखराको २२, ३२ र ३३ वडा नम्बरको मत गणना भइरहेको थियो । तर एमालेका प्रतिनिधि बस्न नमानेपछि अहिले गणना रोकिएको छ ।
नेकपा एमालेले पोखरा १८ र ३१ मा पुनः मत गणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको छ ।वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न माग गरेको हो ।
पोखरा १८ मा नेकपा एमाले ३ मतले नेपाली कांग्रेससँग पराजित भएको थियो । उक्त वडामा मुचुल्कामा भन्दा ९ मत कम भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० जेठ २०७९, १३ : २६
लेखकबाट थप