चितवन । भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार रेनु दाहालको ग्रता झनै फराकिलो बन्दै गएको छ । पछिल्लो ९२ हजार १२८ मतगणनाको परिणाम अनुसार उनले ३६ हजार २७२ मत पाएकी छिन् । उनको ७ हजार ८५४ मतको अग्रता कायम छ ।
मतगणनाको शुरुवाती चरणमा निकटतम प्रतिष्पर्धीसँग थोरै मतले मतान्तर हुँदै आएकोमा अहिले भने दाहालले फराकिलो मतान्तर बनाउन सफल भएकी छिन् ।यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २८ हजार ४१८ मत पाएका छन् । अर्का प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ७० मत पाएका छन् ।उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी ३८ हजार ३५८ मतका साथ अग्रस्थानमा छन् । अर्का प्रतिष्पर्धी राप्रपाकी हिमला गुरुङले २२ हजार ४२७ मत पाएकी छन् ।
महानगरको वडा नम्बर १९ को जारी मतगणनामा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । उनले १ हजार ६४६ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी काँग्रेसका उम्मेदवारले १ हजार १६ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ जेठ २०७९, ११ : ३६
लेखकबाट थप