विराटनगर महानगरपालिका अपडेट : कांग्रेसका कोइरालाको ६ हजार १४८ मतले अग्रता

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, १० : २०
विराटनगर महानगरपालिका अपडेट : कांग्रेसका कोइरालाको ६ हजार १४८ मतले अग्रता

मोरङ । विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै रहेको छ । उनले ६ हजार १४८ मतले अग्रता लिएका छन् ।   

जनता समाजवादी पार्टी, नेपालका तर्फबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव नेकपा (एमाले) की उम्मेदवार शिल्पानिराला कार्की भन्दा ९ हजार २७९ मतले पछाडि परेका छन् । पछिल्लो मत परिणामअनुसार महानगर प्रमुख पदका उम्मेदवार कोइरालाले २४ हजार ५६३, एमालेका  सागर थापाले १८  हजार ४१५, स्वतन्त्र उम्मेदवार उमेश यादवले ७ हजार ४९७ र राप्रपाका प्रल्हादप्रसाद साहले ४  हजार ६०२ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा एमालेकी कार्कीले २१ हजार ३८३, जनता समाजवादी पार्टी, नेपालका यादवले १२ हजार १०४, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले ५ हजार ५८६ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले चार हजार ४५८ मत प्राप्त गरेका छन् ।

विराटनगर महानगरपालिकाका–१, ३, ४ र १४ को वडाध्यक्षमा एमाले र वडा नं ५ को वडाध्यक्षमा  कांग्रेस विजयी भएको छ । महानगरको वडा नं ६, ८, ९, १०, ११ र १२ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस