चिनीयाँ पाइलटले अनुमति पाएनन्, श्रीलंकाबाट पाइलट ल्याइने

पत्रपत्रिकाबाट

विहीबार, १० जेठ २०७५, ०७ : ३५
चिनीयाँ पाइलटले अनुमति पाएनन्, श्रीलंकाबाट पाइलट ल्याइने


काठमाडौं । नेपाल वायुसेवा निगमले चिनीयाँ वाई १२ ई जहाज उडानका लागि ल्याउन लागेको चिनीयाँ क्याप्टेनहरु अयोग्य भएको ठहर गर्दै नेपाल ल्याउन अनुमति नदिइने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमले ल्याउन लागेको पाइलट कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) बाहक मात्रै रहेको भन्दै अनुमति दिन अस्विकार गरेको छ ।

प्राधिकरणको नियममा नेपालमा दर्ता भएका जहाज उडान गर्न पाइलटसँग एयरलाइन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटीपीएल) अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । आजको कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ ।

'चिनीयाँ पाइलटको योग्यता नेपालको मापदण्डअनुसार नमिलेपछि चिनीयाँ पाइलट ल्याउने रद्द गरेर श्रीलंकाबाट ल्याउने तयारी अघि बढाएका छौं', निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने ।

प्रतिक्रिया दिनुहोस