पूर्वसांसद् विष्णुराज आचार्यको निधनमा संसद्‌द्वारा शोक प्रस्ताव पारित

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, १७ : १३
पूर्वसांसद् विष्णुराज आचार्यको निधनमा संसद्‌द्वारा शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाले पूर्वसांसद्  विष्णुराज आचार्यको निधनमा शोक प्रस्ताज पारित गरेको छ । 

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसांसद आचार्यको निधनमा शोक प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो । 

नेपाली कांग्रेस पार्टीबाट २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित आचार्यको ७४ वर्षको उमेरमा गत १० वैशाखमा निधन भएको थियो । 

बैठकले आचार्यको निधनप्रति शोक प्रकट गरी श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । संसदको अर्काे बैठक ४ जेठ बुधबार दिउँसो १ बजे बस्ने सभामुख सापकोटाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस