वीरगञ्ज । मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनका उमेदवार एमाले लोसपा गठबन्धनका उम्मेदवार भन्दा दोब्बर मतले अगाडि भएका छन ।
सतारुढ पाँच दलिय गठबन्धनबाट मेयर उम्मेदवार जसपाका राजेशमान सिंहले ४१७५ मत प्राप्त गरेका छन्। एमाले र लोसपा गठबन्धनका मेयर उम्मेदवार नेकपा एमालेका विजय सरावगीले १८८४ मत प्राप्त गरेका छन्।
यस्तै, पाँच दलीय गठबन्धनकै उपमेयरमा नेपाली काङ्ग्रेसका इम्तियाज आलमले २८१६ मत ल्याएका छन्। एमाले लोसपा गठबन्धनबाट उपमेयरका उम्मेदवार लोसपाका पुरुषोतम झाले ४६३ मत ल्याएका छन्। यसैगरी, राप्रपाबाट मेयरका उम्मेदवार गिरिश गिरिले १३४ मत प्राप्त गरेका छन्। उपमेयरमा बिना जैसवालले २०८ मत प्राप्त गरेकी छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, ०६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज महानगरद्वारा रु ६१ करोड ४७ लाख राजस्व सङ्कलन