जीतपुर सिमराको मेयरमा माओवादी केन्द्रका राजन पौडेलको अग्रता कायमै, एमाले उम्मेदवार चौधरीले पछ्याउदैं

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १० : ५४
जीतपुर सिमराको मेयरमा माओवादी केन्द्रका राजन पौडेलको अग्रता कायमै, एमाले उम्मेदवार चौधरीले पछ्याउदैं

जीतपुर। जीतपुर सिमरा उपमहानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । गठबन्धनबाट मेयरमा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल ३ हजार ७०१ मत ल्याएर अग्रता कायम गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धीमा एमालेकी सरस्वती चौधरीले २ हजार २४६ मत ल्याएर पछ्याईरहेकी छिन । 

त्यस्तै उपप्रमुखमा गठबन्धन तर्फकी उम्मेदवार मेघा शाहीले ३ हजार ५५२ मत ल्याएकी छिन् भने एमालेका उम्मेदवार भोला अधिकारीले २ हजार ४२० मत ल्याएका छन् । तेस्रो स्थानमा लोसपाका प्रमुखका उम्मेदवार सञ्जयकुमार साहले १ हजार २६८ र उपप्रमुखमा विपि मोक्तानले १ हजार १७२ मत ल्याएकी छिन् ।

उपमहानगरको हालसम्म वडा नं २३, २४ र वडा नं १ को मत परिणाम सार्वजनिक भइसकेको छ भने वडा नं २ र २२ गणना भइरहेको छ । वडा नं २४ र १ मा नेपाली काँग्रेसका वडाध्यक्ष विजयी भएका छन् भने वडा नं २३ मा नेकपा एमालेले खाता खोलेको छ ।

प्रतिक्रिया दिनुहोस