काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले आफूबिरुद्ध दुष्प्रचार भएको भन्दै फेसबुकमार्फत खण्डन गरेका छन्।
उनले मौन अवधिमा आफूबिरुद्ध दुष्प्रचार भएको भन्दै खण्डन गरेका हुन्।उनले कुनै पार्टी प्रवेश नगरेको र कुनै पार्टीका उम्मेदवारहरुलाई समर्थन नगरेको भन्दै निराधार हल्ला फैलाइएको भन्दै खण्डन गरेका हुन्।
उनले लेखेका छन्- ‘हामीले कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको जस्ता निराधार हल्लाहरु फैलाउने प्रयास भएकोमा यसलाई हदैसम्म खण्डन गर्दछौँ, हामी स्वतन्त्र छौं।’उनले मौन अवधिपूर्व मतदाताहरुको ‘घरदैलोमा प्रवेश’ गर्ने र मतदाताहरुको नै समर्थन लिनेदिने बाहेक अरु कुनै किसिमका व्यवहारहरु नगरेको बताएका छन्।
उनले निर्वाचनभन्दा अगाडिको मौन अवधिको अर्थ उम्मेदवारहरुले आफ्ना मतदातालाई भन्ने जति भनिसक्ने र मतदाताहरु स्वयंले शान्त भएर उत्तम उम्मेदवार छान्न समय लिने भएको बताउँदै यसरी सही उम्मेदवारलाई मतदान गर्न सकिने बताएका छन्। लोकतन्त्रको यो उत्तम तरिका भएको र यही समयलाई कसैको अस्तित्व, विचार, सन्देश र वास्तविकतामाथि आक्रमण गर्नमा उपयोग गर्नु गैरकानुनी र अलोकतान्त्रिक भएको र मतदाताहरुमाथिको अन्याय भएको शाहले फेसबुकमा लेखेका छन्।
मतदाताहरुलाई भ्रममा राखेरै भए पनि जित्नै पर्ने सोचको उपज भएको र यस्ता हल्ला र हल्ला फैलाउने तत्वहरुप्रति सरकार, निर्वाचन आयोग र स्वयम मतदाताहरु सजग रहन पनि शाहले अपिल गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, १६ : १९
लेखकबाट थप