यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

विहीबार, २४ माघ २०८१, ०७ : ३१
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ६५ पैसा र बिक्रीदर १४० रुपियाँ २५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १४५ रुपियाँ ४९ पैसा र बिक्रीदर १४६ रुपियाँ ११ पैसा तोकिएको छ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपियाँ ११ पैसा र बिक्रीदर १७५ रुपियाँ ८७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ८१ पैसा र बिक्रीदर १५५ रुपियाँ ४७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ७६ पैसा र बिक्रीदर ८८ रुपियाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ७२ पैसा र बिक्रीदर ९८ रुपियाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ५२ पैसा र बिक्रीदर १०३ रुपियाँ ९७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १४ पैसा र बिक्रीदर नौ रुपियाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २० पैसा र बिक्रीदर १९ रुपियाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २३ पैसा र बिक्रीदर ३७ रुपियाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३० पैसा र बिक्रीदर ३८ रुपियाँ ४७ पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस