बर्दिया । बर्दियामा शुक्रबार हुने स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भएको छ । बर्दियाका सबै स्थानीय तहमा मतदानका लागि आवश्यक पर्ने तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।
बर्दियाका मुख्य निर्वाचन अधिकृत लोक जंग शाहका अनुसार पालिकाका सबै वडामा निर्वाचन आयोगले खटाएका कर्मचारीहरु खटिएको र मतदानका लागि आवश्यक पर्ने सामाग्री पुर्याउनुका साथै वडाको सर्वदलीय छलफल समत सकिएको हो ।
साथै शुक्रबार बिहान ७ बजेदेखि सुरु हुने मतदान कार्यक्रमको तयारी गराएको मुख्य निर्वाचन अधिकृत शाहले बताउनुभयो । मतदान केन्द्रमा बुथ निर्माण, मतगणना स्थलमा सीसी क्यामेरा जडानसँगै अन्य तयारी समेत सकिएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, १५ : ३५
लेखकबाट थप