सुनियोजित ढंगले मेरो चरित्र हत्या गर्ने प्रयास भयो : अध्यक्ष अन्सारी

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, १४ : ३७

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नियोजित ढंगले चरित्र हत्या गर्ने प्रयास गरेको बताएका छन्।

उनले आफूमाथि लागेको आरोप गलत रहेको भन्दै तीन बजे पत्रकार सम्मेलनको आयोजना गर्न लागेको सामाजिक सञ्जाल फेसबुकमार्फत् बताएका हुन्।अध्यक्ष अन्सारीले जनकपुरधाममा केही गुन्डाहरूले आफूसँग अभद्र व्यवहार गर्ने प्रयास गरेको र प्रहरीले सुरक्षा दिएर आफूलाई त्यहाँबाट निकालेको जानकारी दिए।

बिहीबार होटल सीताशरणमा अध्यक्ष अन्सारीले मतदातालाई प्रभावमा पार्नका लागि पैसा वितरण गरेको भन्दै केही जनाले घेराउ गरेका थिए।प्रहरीले होटलबाट अन्सारीलाई नियन्त्रणमा लिएका थिए। प्रहरीले अन्सारीलाई जनकपुर विमानस्थलमा छाडेका थिए।

धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले आफूहरूले उनलाई नियन्त्रणमा नलिएको र अन्सारी संवैधानिक निकायका व्यक्ति रहेकाले उनको खानतलासी गर्ने अधिकारसमेत नभएको बताए।

 

प्रतिक्रिया दिनुहोस