काठमाडौं । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)का वाग्मती प्रदेश कमिटी सदस्य गंगा दाहाललाई स्पष्टीकरण सोधेको छ ।निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधिएको हो । उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् ।
दाहालले व्यक्तिगत फेसबुक पेजमा सत्ता गठबन्धनका उमेदवारहरूलाई विजयी गराउन अनुरोधसहितको ‘पोस्ट’ सेयर गरेको र उक्त कार्यले आचारसंहिताको उल्लंघन भएको आयोगको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, १२ : ४३
लेखकबाट थप