काठमाडौं । नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लाई तत्काल रिहा नगरे देशव्यापी संघर्ष गर्ने सो पार्टीले चेतावनी दिएको छ ।
हेमन्तप्रकाश ओली ‘सुदर्शन’ विज्ञप्ति जारी गर्दै संयोजक कञ्चनलाई दाङ जिल्लाको भालुबाङबाट आज बिहान चार बजे नियन्त्रणमा लिएको जनाएका छन् । उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल रिहाइ नगरे देशव्यापी संघर्ष गर्ने र त्यसको जिम्मेवार सरकार नै हुनुपर्ने नेकपा बहुमतले जनाएको छ ।
नेकपा बहुमतले बुटवल घटनाको जिम्मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले लिइसकेको सार्वजनिक भएको भन्दै आफ्नो पार्टीले कुनै पनि विस्फोटन जन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको स्पष्ट गरेको छ ।
विज्ञप्तीमा भनिएको छ ‘राज्यसत्तासँग नेकपा बहुमतका संयोजक कञ्चनको शीघ्र रिहाइका लागि माग गर्दछौँ । उहाँलाई तुरुन्त रिहा गरिएन भने देशव्यापी रूपमा हुने सङ्घर्षको जिम्मेवार हामी हुनेछैनौँ’, सरकार स्यवं हुनेछ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २९ बैशाख २०७९, १० : ०४
लेखकबाट थप