काठमाडौं । स्याङ्जा भिरकोट नगरपालिकाका स्थायी निवासी सन्तोष शर्मा पहिलोपटक स्थानीय तहको निर्वाचनमा भोट खसाल्न बुधबार बिहानै काठमाडौंबाट बाहिरिएका छन्।
काठमाडौंमा स्नातक तहमा अध्ययनरत उनी पहिलोपटक स्थानीय तहको निर्वाचनमा सहभागी हुन लागेकाले उत्साहित देखिएका छन्। ‘भोट खसाल्न गाउँ जाँदैछु। पहिलोपटक चुनावमा सहभागी हुन लागेकाले मन फुरुंग भइरहेको छ,’उनले भने, ‘स्थानीय तहको निर्वाचनमा आफ्नै गाउँठाउँका उम्मेदवार हुने भएकाले पनि भोट हाल्न जान लागेको हुँ।’
स्याङ्जा भिरकोटका शर्मा मात्रै होइनन्, अध्ययन र रोजगारीका सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका अधिकांश मतदाता भोट खसाल्ने प्रयोजनका लागि गाउँ फर्किरहेका छन्। त्यसरी गाउँ फर्किने यात्रुको संख्या कलंकीमा व्यापक देखिन्छ भने कोटेश्वर हुँदै पूर्वी नेपाल जानेको लर्को पनि लामै छ।
विद्यालय लगायत अन्य विभिन्न संघसंस्थाले चुनावभन्दा दुईतीन दिनअगाडि नै बिदा दिएकाले पनि मतदाता सूचीमा नाम रहेकाहरू मताधिकार प्रयोग गर्न र सोही मौकामा पारिवारिक भेटघाटमा रमाउन भन्दै घर फर्किएका हुन्।
मंगलबारको तुलनामा बुधबार काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या अधिक रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मंगलबार बिहानदेखि बुधबार बिहानसम्म काठमाडौं उपत्यकाबाट सडकमार्गबाट ९ हजार ९ सय ५६ सवारीसाधनबाट ५९ हजार ८१ यात्रु बाहिरिएका छन्। सोही अवधिमा ८ हजार ८ सय ६९ सवारीसाधनबाट ४२ हजार ८ सय ३२ यात्रु काठमाडौं भित्रिएको पनि महाशाखाको भनाइ छ।
बुधबार बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म ५ हजार ५ सय ९८ सवारीसाधनबाट ६७ हजार ५ सय ४४ यात्रु उपत्यकाबाट बाहिरिएको महाशाखाले जनाएको छ। सोही अवधिमा २ हजार ३ सय ६९ सवारीसाधनबाट २१ हजार ४ सय ७९ यात्रु उपत्यका भित्रिएका पनि छन्। महाशाखाका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले अघिल्ला दिनको तुलनामा बुधबार काठमाडौंबाट आफ्नो घर फर्किने यात्रुको संख्या अधिक भएको बताए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २९ बैशाख २०७९, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुल्चोकमा मतदान जारी, साढे १ बजेसम्म १७०० मत खस्यो
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
एक घण्टा बाँकी रहँदा ६१ प्रतिशत मतदान
मधेसमा उपनिर्वाचन : दुई बजेसम्म ५७ प्रतिशत मतदान
रुकुम पश्चिममा उपनिर्वाचन : सानीभेरी गाउँपालिका–५ मा ९५० मत खस्यो
हुम्लाको सर्केगाडमा ४० प्रतिशत मतदान