काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा खुलेका नक्कली टि्वटर ह्यान्डलबाट अफवाह फैल्याउने काम भइरहेको बताएका छन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै घिसिङले आफ्नो नाम र तस्बीर प्रयोग गरी खोलिएका नक्कली टि्वटर हृयान्डलमार्फत स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचनाहरु सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण जनााएका छन् ।
‘मेरो आधिकारिक ट्वीटर हृयान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्वीटर हृयान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली हृयान्डलबाट प्रवाहित सूचनाहरुको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु,’ घिसिङले विज्ञप्तिमा भनेका छन् ।
उनले निर्वाचन आयोगबाट स्थानीय तहको निर्वाचनका लागि जारी भएका आचारसंहिताको पूर्ण रुपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी यस्ता क्रियाकलापहरु नगर्न अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ बैशाख २०७९, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु
घिसिङ र शाक्यको पेसी न्यायाधीश मुसलमानको इजलासमा
कुलमानको रिट सुनुवाइका लागि आज पेसी
३० वर्ष देशका लागि योगदान गर्दा दण्डित भएँँ, सरकारलाई धन्यवाद ! :कुलमान घिसिङ
कुलमान बर्खास्तीको नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा विरोध