काठमाडौं । राष्ट्रिय परिचयपत्र विवरण दर्ता बुधबारदेखि स्थगित भएको छ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सूचना जारी गर्दै आजदेखि जेठ २ गतेसम्म परिचय पत्रको वैयक्तिक तथा जैविक विवरण संकलन कार्य रोकिएको जानकारी दिएको हो।
पर्सि शुक्रबार हुने मतदानका लागि कार्यालयका कर्मचारी समेत खटिएकाले साविकको राहदानी विभागस्थित नारायणहिटी दरबार परिसर, राष्ट्रिय सभा गृह र विभागको परिसरमा रहेको स्टेशनहरूबाट दिइने सेवा ६ दिन स्थगित गरिएको विभागका निर्देशन ललितकुमार बस्नेतले जानकारी दिए।
सरकारको नयाँ नियम अनुसार जेठ १ गतेदेखि हप्ताको दुईदिन बिदा हुने भएकाले चुनावको भोलिपल्ट शनिबार र जेठ १ गते आइतबारको बिदा हुनेछ। त्यस्तै जेठ २ गते बुद्ध जयन्तीको बिदा हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ बैशाख २०७९, १५ : ३६
लेखकबाट थप