सुनसरी । सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली झुटा सपना बाड्न माहिर रहेको आरोप लगाएका छन। मंगलबार सुनसरीको धरानमा आयोजित सत्ता साझेदार गठबन्धनको चुनाबी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए ।
मन्त्री कार्कीले केपी ओलीको सरकार अहिलेसम्म रहेको भए देश श्रीलंकाको अवस्थामा पुग्ने बताए । ओलीका पालामा भएको आर्थिक संकट वर्तमान सरकारले विस्तारै ट्र्याकमा ल्याएको उनको दाबी छ ।
ओली संसद विघटन गर्ने प्रतिगामी र जनविरोधी भएकाले उनको विश्वास गर्ने आधार कार्कीले बताए । गठबन्धनका उमेदवारले जिते मात्र देशको विकास हुने दाबी गरे ।मन्त्री कार्कीले धरानमा गत उपनिर्वाचनमा नै कांग्रेसले नेकपालाई पराजित गरेको स्मरण गर्दै निर्वाचनमा गठबन्धन ले सहज रूपमा विजय हासिल गर्ने बताए ।
गठबन्धनको तर्फबाट धरानको मेयर र उपमेयर पदका प्रत्यासी किशोर राई र अइन्द्रविक्रम बेघाले गठबन्धनका उमेदवारलाई जिताए जनताको सेवक बनेर धरानको विकास र जनताको सेवा गर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, १६ : ३१
लेखकबाट थप