सुरक्षाकर्मीको कारबाहीमा ६० भन्दा बढी तालिवान लडाकूको मृत्यु

सोमबार, ०७ जेठ २०७५, ०९ : १३
सुरक्षाकर्मीको कारबाहीमा ६० भन्दा बढी तालिवान लडाकूको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको उत्तरी क्षेत्र जाउजानमा सरकारी सुरक्षा फौजले विगत दुई दिन यता गरेका कारबाहीमा कम्तीमा ६३ जना तालिवान लडाकूको मृत्यु भएको सैनिक प्रवक्ता मोहम्मद हानिफ रेजाईले आइतबार जानकारी दिनुभएको छ ।
उत्तरी कारकिन जिल्लामा तालिवान लडाकूले सुरक्षा जाँच केन्द्रलाई लक्षित गरी गरिएका आक्रमणको प्रतिकारका क्रममा ६३ जना तालिवान लडाकूको निधन भएको छ भने अन्य २७ लडाकू घाइते भएका सैनिक प्रवक्ता रेजाइले बताउनुभयो ।
सुरक्षा कारबाहीका क्रममा जिम्मेवारी पूरा गर्ने क्रममा छ जना सुरक्षाकर्मीले शाहदत प्राप्त गरेका रेजाईले बताउनुभयो ।
उक्त क्षेत्रलाई तालिवान विद्रोही प्रभावबाट स्वतन्त्र पार्न सुरक्षाकर्मीले अहिले तालिवान लडाकूलाई उक्त ईलाकाबाट लखेटिरहेको प्रवक्ता रेजाईले दावी गर्नभयो ।
गत अप्रिल २५ गतेदेखि यस वर्षको सरकार विरोधी अभियान थालेका तालीवान लडाकूको तर्फबाट भने यस सम्बन्धमा कुनै प्रतिक्रिया आइसकेको छैन । (रासस/सिन्ह्वा)
 

प्रतिक्रिया दिनुहोस