काठमाडौँ। नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णय विरुद्ध परेको रिटमा आज सुनुवाई हुँदैछ।
गत सोमबार एआईजी विश्वराज पोखरेलले वरियता मिचेर कनिष्ठलाई बढुवा गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायरको रिटको प्रारम्भिक सुनुवाइ न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
पोखरेलले वरियता मिचेर गरिएको बढुवा बदर गर्न र न्याय निरुपण नभएसम्म आफूलाई कायममुकायम महानिरीक्षकका रुपमा काम गर्न दिनुपर्ने माग गरेका छन्। पोखरेलले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन, शैक्षिक योग्यता, तालिम, पुरस्कारलगायतका सबै आधारमा आफू अगाडि रहेको दाबी रिटमा गरेका छन्।
गत आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो। गृहसचिव टेकनारायण पाण्डेले सोमबार नै दर्ज्यानी चिन्ह प्रदान गरेसँगै सिंहले आईजीपीको कार्यभारसमेत सम्हालि सकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ बैशाख २०७९, ११ : ०९
लेखकबाट थप